कोरोना महामारी नियन्त्रमा विश्वकै उदाहरण भनेको भुटानले एक हप्तामा खोप लगाउन योग्य व्यक्तिहरूमध्ये ९० प्रतिशतलाई खोप लगाइसकेको ५ ।
जुलाई २० देखि २७ अर्थात् हिजो मङ्गलवारसम्ममा खोपयोग्य ९० प्रतिशत नागरिकलाई खोप लगाएको भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले जनाएको छ ।
खोप योग्य पाँच लाख ३० हजार जनामध्ये एक हप्तामा चार लाख ८० हजार नागरिकहरूलाई खोपको दोस्रो मात्रा दिइएको हो ।
भुटानको जनसङ्ख्या झन्डै आठ लाख रहेको छ । भुटानले खोप लगाउने अभियान अन्तर्गत दुर्गम भेगमा हेलिकोप्टरमार्फत खोप आपूर्ति गरेको थियो ।
भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार यस अभियानमा विभिन्न देशले अनुदानमा दिएका कोरोना खोपको प्रयोग गरिएको थियो ।