बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान २०७८ को आयोजनामा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण र भ्रष्टाचार विरुद्ध नागरिक अगुवा नारायण वाग्ले, डा गोविन्द के सी, विवेकशील पार्टीका केन्द्रीय सदस्य शशि विक्रम कार्की कान्ति बाल अस्पतालका डाक्टर कुम्भ जोशी लगायत ले विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठ को बर्खास्तीको समेत माग गरिएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धीकरण अभियान अन्तरगत काठमाडौँमा नागरिक अगुवाहरूले विरोधका कार्यक्रम जारी राखेका छन् ।
मङ्गलवार अपराह्न काठमाडौँको माइतीघरमा भेला भएका नागरिक अगुवाहरू नारायण वाग्ले, डा गोविन्द केसी, विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य शशि विक्रम कार्की, कान्ति बाल अस्पतालका कुम्भ जोशी लगायत अन्य सहभागीहरूले विभिन्न प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले “बिपीमा भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गर । त्यहाँ भइरहेको आन्दोलनका मागहरू तत्काल सम्बोधन गर”, “स्वास्थ्य शिक्षामाथि दलीय राजनीति बन्द गर । नागरिकको स्वास्थ्य माथिको खेलबाड बन्द गर”, “ओइ सिंहदरबार किन पाल्छस् लुटतन्त्र ?” लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
केही तस्बिरहरू