विराटनगर महानगरपालिकामा अटोभित्र बेहोस अवस्थामा भेटिएका चालकको अस्पताल पु¥याउनासाथ मृत्यु भएको छ । मृत्यु हुनेमा को २ ह २३३३ नम्बर अटोका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–३ तालतलैयाका ३० वर्षीय विषम श्रेष्ठ रहेका छन् ।
सोमबार साँझ ७ः४५ बजे विराटनगर–४ एयरपोर्ट मोडस्थित सडकको पश्चिमपट्टी रोकिराखेको अटोभित्र बेहोस अवस्थामा फेला परेका थिए । स्थानीयको खबरलगत्तै पुगेको प्रहरीले नोबेल शिक्षण अस्पताल पु¥याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।
उनका अनुसार अटोमा बोराभित्र पाँच किलो चिनी र आधा खाएको अवस्थामा फ्रुटीको बट्टा भेटिएको छ । घटनाका बारेमा अनुसन्धान थालिएको एसपी जिसीले जानकारी दिए ।