सोमबार बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।
उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।
श्रावण ८ गते खोटाङ केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो भने ३ गते ४ दमशव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।
२०७२ सालको भूकम्पपछि नेपालमा ४ वा सोभन्दा साना भूकम्पहरु गइरहेका छन् ।