नेपालमा वितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबा६ २५ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लामा १७ हजार २७२ जनाको नमूना परीक्षण गर्दा ३ हजार ४२१ जनामा सङ्क्रमण देखिएको छ । यही अवधिमा १ हजार ६८६ जना सङ्क्रमणमुक्त भएका छन् ।
आज १२ हजार २४० जनाको पिसिआर परीक्षणबाट २ हजार ३९१ र ५ हजार ३२ जनाको एण्टीजेन परीक्षणबा६ १ हजार ३० जनामा सङ्क्रमण देखिएको हो ।
अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७३८ पुगेको छ भने सोमबार अपरान्हसम्म निको हुनेको सङ्ख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ । यो कूल सङ्क्रमितको ९४ दशमलव ४९ प्रतिशत हो ।
अहिले सक्रिय सङ्क्रमित २७ हजार ९०८ रहेको छ । यीमध्ये ठूलो सङ्ख्या होम आइसोलेशनमा रहेको छ ।