पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् ।
ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् ।टेलिहोल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो ।
२०७६ को चैतमा ईपीएल आयोजना गर्ने तय भए पनि कोरोना महामारीले गर्दा स्थगित भएको थियो ।
४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी-२० आई खेलेका छन् ।
पाकिस्तानका पूर्वकप्तान समेत रहेबा अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन् । उनले पछिल्लो पटक मुल्तान सुल्तानबाट पाकिस्तान सुपर लिग खेलेका थिए ।
आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
अफ्रिदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत एभरेष्ट प्रिमियर लिग खेल्नको लागि नेपाल आउने र त्यसबेला नेपालको केही स्थानहरुमा पनि भ्रमण गर्ने बताएका छन् ।
Looking forward to visiting Nepal and playing @eplt20official and for sure will visit some more places I hear have beauty like no other https://t.co/tcubpAVDf0
— Shahid Afridi (@SAfridiOfficial) July 26, 2021