स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन्।
सो शपथ मन्त्रीहरुको उपस्थितिमा सम्पन्न भएको हो।
हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुन् ।
भोजपुर घर भएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानीसमेत छ । दोस्रो संविधानसभामा उनी २६ मनोनीत सभासद्मा परेका थिए । श्रेष्ठ हाल संघीय संसदमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फका सांसद छन् ।
शैक्षिक क्षेत्रका व्यवसायी श्रेष्ठ पछिल्लो समय जलविद्युत र अस्पतालमा लगानी गरिरहेका छन् । यो वर्षमात्र उमेशले विभिन्न अस्पतालहरूको चेन बनाउने भन्दै ५० करोड लगानी गर्ने सार्वजनिक घोषणा गरेका थिए ।
श्रेष्ठले होटल, कृषि र निजी वनमा समेत लगानी गरेका छन् । जनमैत्री, महेन्द्रनारायण निधी अस्पताललगायतमा उनको लगानी छ ।