वितेको २४ घण्टामा देशका विभिन्न जिल्लाहरुमा गरिएको १३ हजार ८३४ नमूना परीक्षणमा २ हजार २३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार बज १० हजार ५६९ पिसिआर परीक्षणबाट १ हजार ५३९ जना र ३ हजार २६५ एण्टिजेन परीक्षणबाट ६९८ जनामा सङ्क्रमण पुष्टि भएको बताएको छ ।
आज थप १८ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७१३ पुगेको छ । आज निको हुनेको सङख्या २ हजार ५० रहेको छ । अहिलेसम्म ६ लाख ४३ हजार ६१५ जना सङ्क्रमणमुक्त भएका छन् ।