विराटनगर महानगरपालिका–१६ दरैयामा एक युवक मृतावस्थामा फेला परेका छन्
नेपाल–भारत सीमा क्षेत्रनजिक उखुबारीमा आइतबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार स्थानीयले बिहान ११ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।
स्थानीयको जानकारीलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनाबारे अनुन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए ।
उनका अनुसार शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ । ‘युवकको शरीरको बाहिरी भागमा कुनैपनि चोटपटक देखिएको छैन’, श्रेष्ठले केटिएम दैनिकसँग भने, ‘यस विषयमा अनुसन्धान जारी छ । पोस्टमार्टम रिपोर्टबाट धेरै कुरा खुल्नेछ ।’