नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी निकट युथ फोर्सलाई भ्रष्टाचार विरुद्ध अभियान चलाउन निर्देशन दिएका छन्।
शनिवबार युथ फोर्स भ्याली कमाण्डको घोषणा सभामालाई सम्बोधन पोखरेलले अब भ्रष्टचारविरुद्ध केन्द्रित बन्न युवाहरलाई निर्देशन दिएका छन्।
घोषणा सभामा प्रमुख अतिथि बनेर मन्तव्य राखेका उनले भने ,‘परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगारसँग अभियान चलाउने काम तपाईंहरुले गनुपर्छ। र, भ्रष्टाचार विरुद्ध अभियान चलाउनुपर्छ।’
युथफोर्स फरक परिवेशमा गठन भएको र परिस्थितिअनुसार काम गर्नुपर्ने पनि उनले बताए।
युथफोर्स आतंकको स्रोत नभइ आतंक सिर्जना गर्नेलाई तह लगाउने संगठन भएको उनको भनाइ छ।
उनले भने, ‘युथ फोर्स आतंकको स्रोत होइन, कोही आतंक सिर्जना गर्न चाहान्छन् भने त्यसलाई ठेगान लागउने संगठन हो। हामी कानुनी शासनलाई मान्छौं। कानुन हातमा लिँदैनौं।’
उनले शान्तिपूर्व राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकाले त्यसविरुद्ध जान नसकिने धारणा राखे।
“शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको विरुद्ध कोही जान्छ भने त्यसलाई कामजोर बनाउन र संवैधानिक प्रक्रियालाई अवरोध गराउन खोज्दछन् भने हाम्रो युथफोर्सले त्यसविरुद्धमा खबरदारी गर्नेछ”, उनले भने।
हिजोका सरकारले गरेका राम्रा कामलाई ध्वस्त बनाउन खोजियो भने छिमेकी देशसँगको सम्बन्धलाई कमजोर बनाउन खोजियो भने त्यसविरुद्ध पार्टीसँगै युथफोर्स अगाडि बढ्ने उनको भनाइ छ।
युथफोर्स कानून र राज्यको संरचनालाई तोडमोड र जनताका जनादेशलाई लत्याउन खोजिए त्यो सह्य नभएको बताए।
उनले एमालेको रक्षा गर्ने खम्बाका रूपमा युथफोर्स रहेको भन्दै कहीँकतै असुरक्षित र त्रास फैलाइएको वा नेता कार्यकर्तामाथि हमला गरिन्छ भने त्यसको प्रतिवाद युथफोर्सले गर्ने चेतावनी दिए। उनले भने, “उत्पादनका कुरा, जनतालाई उत्पादन काममा सहयोग र रोजगारीका पक्षमा अभियान चलाउनु पर्दछ।”
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स भ्रष्टाचार र अनियमितताविरुद्ध रहेको बताए।
“सरकारका राम्रो काममा हामी सहकार्य गर्न तयार छौँ”, उनले भने, “पूरक बजेट ल्याउने, संविधान संशोधन गरेर मन्त्रिमण्डलको सङ्ख्या थप्नेजस्ता कुरा स्वीकार्य छैन ।