झापा जिल्लाको झापामा गाउँपालिका–२ बाट कुमरखोद प्रहरीले स्रोत नखुलेको ४० लाख नेपाली रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ४६ वर्षीय गौरी मण्डलको साथबाट प्रहरीले ४० लाख ३७ हजार ६ सय ७० रुपैयासहित पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउदैं गरेको नगद प्रक्रिया पुर्याई बरामत गरिएको छ । नगद सहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय लगिएको प्रवक्ता थापाले जानकारी दिए ।