अविरल वर्षापछि आएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत डडेल्धुराको गैरामा पहिरो गएको हो।
जिल्लाको आलिताल गाउँपालिका १ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले बताएको छ। पहिरो पन्छाउनका लागि तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। पहिरोले सडक अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लाबाट छुटेका सवारी साधनहरूबीच बाटोमै रोकिएका छन्। गन्तव्यतिर हिँडेका सयौं यात्रुहरू पनि बाटोमै अलपत्र परेका छन्।