वितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा कमि आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लामा आज १८ जनाले ज्यान गुमाएका छन् । अघिल्ला दिनहरुको तुलनामा यो सङ्ख्या कम हो ।
मन्त्रालयका अनुसार आज देशभर १७ हजार ३०८ जनाको नमूना परीक्षण गर्दा २ हजार ९७७ जनामा सङ्क्रमण पाइएको छ । यही अवधिमा १ हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् ।
आज १३ हजार ६९८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९८२ र ३ हजार ६१० एण्टिजेन परीक्षणबाट ९९५ जनामा सङ्क्रमण देखिएको हो ।
अहिलेसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ । यो कूल सङ्क्रमणको ९४ दशमलव ४८ प्रतिशत हो । त्यस्तै ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६७९ पुगेको छ ।