जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।
हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै चौतर्फीरुपमा उनको आलोचना भइरहेको हो ।
यसबीच विश्व हिन्दू परिषद नेपालले समेत नेता भट्टराईविरुद्ध राजविराज, वीरगन्ज जस्ता देशका मुख्य सहरहरूमा प्रदर्शन गरेको छ।
विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरूले डा।भट्टराई विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका छन् ।
हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष परिषद्ले माग पनि गरेको छ ।