चीनबाट कोरोनाविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप आइपुगेको छ ।
बेइजिङबाट थप आठ लाख खोप बोकेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार दिउँसो २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार खोप ल्याएको निगमको जहाज आजै राति फेरि थप खोप लिन बेइजिङ उड्दैछ । बिहीवार बेइजिङ जाने जहाज शुक्रवार दिउँसो २ बजे फर्किनेछ ।
त्यस्तै बाँकी थप खोप लिन पुनः शनिबार वाइडवडी जहाज बेइजिङ जानेछ । नेपाल सरकारले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज भेरोसेल खोप खरिद गरेको हो ।