बिहीबार सुनको मूल्य तोेलामा ७ सय रुपैयाँ घटेको छ।
बिहीबार सुन तोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बुधबार सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसै गरी बिहीबार तेजाबी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ कायम छ।
आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रति तोलामा १० रुपैयाँ बढेर एक हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।