मोरङको बेलबारी नगरपालिकाले अस्ट्रेलियाबाट ल्याएको भन्दै झुक्काएर वितरण गरेको प्रकरणमा नयाँ ट्विस्ट बाहिरिएको छ । बाख्रा खरिदको रकम भुक्तानी गर्ने क्रममा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले ४० लाख रुपैयाँ घुस मागेको ठेकेदारले दाबी गरेको छन् ।
गत चैत १६ गते नगरपालिकाले विद्युतीय खरिद प्रणालीअनुसार सूचना जारी अस्ट्रेलियन बोयर जातको बाख्रा खरिद गर्न टेन्डर आह्वान गरेको थियो । सङ्खुवासभाको ग्रो अर्ग्यानिक कृषि फर्मले बिड गरेको थियो । उसले अस्ट्रेलियाबाट चार्टर गरेर ल्याएको फुल ब्लड बोयर जातको बाख्रा भन्दै झुक्काएर नवलपुरको कावासोतीस्थित एक फर्मबाट ल्याएको बाख्रा वितरण गरेको थियो ।
गत जेठ १५ गते अस्ट्रेलियाको सक्कली बोयर भन्दै पश्चिम नेपालबाट आयात गरिएका क्रस जातका ८९ वटा बाख्रा विभिन्न कृषक समूह तथा व्यावसायिक फर्महरूलाई वितरण गरिएको थियो ।
बाख्रा खरिदको ठेक्का पाएको सङ्खुवासभाको ग्रो अर्ग्यानिक कृषि फर्मले अस्ट्रेलियन भनेर नवलपरासीका किसानबाट बाख्रा सङ्कलन गरेर बाख्रा ल्याएको खुलेपछि थियो । फुल ब्लड बोयर भनी क्रस बोयर बाख्रा रहेको पाइएपछि नगरपालिकाले भुक्तानी तत्कालै रोकेको थियो ।
स्थानीयको विरोधपछि छानबिन गर्दा बाख्रा अस्ट्रेलियाको नभई नवलपरासीबाट ल्याइएको पाइएको थियो । त्यसपछि बाख्रा खरिद विषयमा छानबिन गर्न बेलबारी नगरपालिकाले गठन गरेको थियो । छानबिन समितिले पठाएको पत्रको जवाफमा ठेकेदार कम्पनीका प्रतिनिधि विजय तामाङले मेयर ज्ञानेन्द्र सुवेदीले आफूलाई ३० लाख र प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार शाहलाई १० लाख रुपैयाँ रकम दिन दबाब दिएको दाबी गरेका हुन् ।
तामाङले नवलपरासीको केशर एग्रो फर्मबाट बोयर खरिद गरेको स्वीकार गर्दै बोका पाठी ल्याइसकेपछि रकम भुक्तानीको कुरा गर्न जेठ १५ गतेकै बेलुका मेयर सुवेदीको घरमै पुगे पनि मेयर सुवेदीले कमिसन रकम मागेको र पाएपछि मात्रै बोका पाठी खरिदबापतको भुक्तानी गर्ने बताएको पत्रमा उल्लेख गरेका छन् ।
नगरपालिका भन्छ : रिसिइबी साँध्न मिथ्या आरोप
यता, बेलबारी नगरपालिकाले धरौटी रकम जफत, कम्पनी कालोसूचीमा सिफारिस गरेको भन्दै नगरप्रमुखमाथि मिथ्या आरोप लगाएको स्पष्ट पारेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार साहले केटिएम दैनिकसँगको कुराकानीमा रिसिइबी साँध्नकै लागि ठेकेदार कम्पनीले नगरपालिकाका कर्मचारीमाथि बनावटी कुरा निकाल्दै झुटो आरोप लगाएको बताएका छन् ।
‘उहाँहरूको लगानी डुबाएको, धरौटी बापतको रकम जफत गरेको र कम्पनीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको विषयप्रति असन्तुष्ट रहेकै कारण यस्तो मिथ्या आरोप लगाइएको हो’, साहले भने, ‘पत्रमा हामीसँग पटक–पटक भेट गरेको, मेयर सुवेदी मातेकोसम्म लेखिएको छ । यो सबै बनावटी हुन् । हामीसँग रिसिइबी साँध्नकै लागि उहाँहरूले छानबिन समितिलाई यस्तो पत्र बुझाउनु भएको हो ।’
उनका अनुसार नगरपालिकाले ६ लाख २० हजार धरौटीबापतको रकम जफत गरेको छ । त्यसबाहेक बाख्रा खरिद गरेको भुक्तानीसमेत रोकेको छ । यस्तै, ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिससमेत गरेको छ ।
यस्तै ठेकेदार कम्पनीले पनि उनीहरूले लगानी गरेर ल्याएको बोका पाठी फिर्ता लगेको छैन । नगरपालिकाले वितरण गरेको बाख्रामध्ये एउटा मरेको र अर्को एउटा किसानले काटेर खाएको अधिकृत साहले जानकारी दिए ।
केटिएम दैनिकमा बेलबारी बाख्रा प्रकरणसँग सम्बन्धित समाचारहरू
बेलबारी बाख्रा प्रकरण : नगरपालिकाले तिर्यो गोप्य रूपमा ‘डिनर मिटिङ’ गरेको बिल
बेलबारी बाख्रा प्रकरण : नगरपालिकाद्वारा सम्झौता खारेज, ठेक्का पाउने कम्पनी कालोसूचीमा
बोका लिएरै आन्दोलनमा उत्रिए बेलबारीका युवा
एक करोड एक लाखको चलखेल भएको भन्दै मेयर सुवेदीविरुद्ध अख्तियारमा उजुरी
बेलबारीमा बोयर बाख्रा खरिदमा करोड रुपैयाँको चलखेल !
नगरपालिकाको चरम अनियमितता : नवलपरासीबाट ल्याइएको बाख्रा अस्ट्रेलियन भन्दै बाँडियो
कोरोना महामारीयता पशु आयातमा रोक लगाइँदा कसरी ल्याइयो अस्ट्रेलियाबाट बाख्रा ?
बेलबारी नगरपालिकाको ‘बाख्रा काण्ड’, अस्ट्रेलियाबाट ल्याइएको भनिएको बाख्रा बागलुङबाट !
बेलबारी नगरपालिकाले बाँड्यो अस्ट्रेलियाबाट ल्याएको बोयर जातको बाख्रा