व्यवसायी तथा सांसद विनोद चौधरीले अबको सरकारले युवालक्षित कार्यक्रमहरू अघि बढाउनुपर्ने बताएका छन् ।
काठमाडौँमा बुधवार (आज) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले युवालाई स्वदेशमै ‘गरिखाने’ बनाउनुपर्ने बताए । भने— ‘नेपाली बजारमा हरेक वर्ष ४ लाख युवाहरू उत्पादन हुन्छन् । उनीहरूको बाध्यता सुदूरको बाटो भइकन भारत जानुपर्ने छ । अबको सरकारले यसलाई केन्द्रमा राखोस्, काम अगाडि बढाओस् ।’
नेपालले ट्रान्सपरेन्ट युगमा प्रवेश गरेको चौधरीको भनाइ थियो । ‘नेपाललाई साउथ एसियाकै मोस्ट अट्र्याक्टिम इन्भेस्टमेन्ट जोनको रूपमा स्थापित गर्नुपर्छ,’ चौधरीले भने— ‘र यो सम्भव हुने कुरा पनि हो । किनकि एउटा लोकतान्त्रिक पार्टीले सरकारको नेतृत्व गर्दै गर्दा यी सम्भावनाहरू प्रशस्तै हुन्छन् ।’