नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेका छन् ।
अध्यक्ष ओलीले पठाएको स्पष्टीकरणको पत्र नेपाल पक्षका सांसदले बुझेका छन्।
नेपाल पक्ष अनुपस्थित रहेको एमालेको केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
सोही अनुसार पठाइएको पत्र नेपाल पक्षका सांसदले बुधबार प्राप्त गरेका हुन्।
स्पष्टीकरण पत्रमा किन पार्टीबाट निष्काशन किन नगर्ने भनेर सोधिएको छ।
ओलीले विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य किन गरेको भनेर समेत सोधेका हुन् ।