वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले एक वर्षमा ५२ वटा व्यवसायिक फर्मलाई कारवाही गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा २ सय २ वटा फर्महरू अनुगमन गरेकोमध्ये बदमासी गर्ने ५२ वटा फर्मलाई कारवाही गरेको हो ।
कारवाहीमा परेका उद्योग र पसलहरू रहेका छन् । ५२ वटा फर्मलाई कारवाही गर्दा १९ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । गत वर्ष २२ वटा फर्म कारवाही गरेको थियो भने आर्थिक वर्षमा झण्डै तेब्बर कारवाहीमा परेका हुन् ।
आर्थिक वर्ष वाणिज्य कार्यालयले ठूला सम्पिङ्ग सेन्टरहरूलाई पनि कारवाहीको दायरमा ल्याएको छ । म्याद गुज्रिएको खाद्यबस्तु विक्री वितरण गर्नेदेखि खरिद गरेको भन्दा अत्याधिक मुनाफा गरि कालोबजरी गर्नेसम्म ठूला सम्पिङ्ग सेन्टरहरूलाई वाणिज्य कार्यालयले कारवाहीको दायरमा ल्याएको छ ।
आर्थिक वर्षमा ६ वटा ठूला व्यवसायिक फर्मलाई वाणिज्य कार्यालयले कारवाही गरेको हो । जसमा जैसानी ट्रेड कन्सनलाई ३ लाख रुपैयाँ जरिवना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
यस्तै बिके मसाला उद्योग, सेन्टर बजार प्रालि, अंश लघु घरेलु उद्योग, विज्ञान फार्मेशी, बबिता सर्जिकल हाउसलाई जनही २ लाख रुपैयाँ जरिवना गरिएको वाणिज्यका निमिक्त कार्यालय प्रमुख पोखरेलले जानकारी दिए । आर्थिक वर्षमा १ हजार ८ सय ३९ वटा नयाँ पर्म दर्ता भएका छन् ।
नविकरण/ संशोधन ३ हजार ३ सय ६ र खारेजी २ सय वटा फर्म भएको वाणिज्य कार्यालये जनाएको छ । प्रदेश १ को १४ जिल्ला कार्यक्षेत्र भएपनि बिगतका वर्षहरूमा मोरङमा मात्र वािणज्यले अनुगमन गर्दै आएको थियो । तर आर्थिक वर्षमा मोरङ बाहेकका ६ जिल्लाहरूमा पनि बाणिज्यले अनुगमन गरेको छ । जसमा सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुरमा पनि बजार अनुगमन गरेको थियो ।