उदयपुरमा खुकुरी प्रहार गरी एक वृद्धको हत्या भएको छ ।
त्रियुगा नगरपालिका–८ उत्राही टोलमा ६५ वर्षीय महिकर चौधरीको हत्या भएको हो ।
उनको घाँटीमा धारिलो हत्यार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा त्रियुगा नगरपालिका १३ पोर्तहा बस्ने ४५ वर्षीय मेमोरी भन्ने किसन सदालाई प्रहरीले पक्राउ गरेको छ ।
सदा विगत दुई वर्षदेखि उत्तरबारी टोल देउरी आसपास काम गर्दै खाँदै बस्दै आइरहेका थिए ।
तीन–चार दिनदेखि मृतककै घरमा बस्दै आएका थिए । मङ्गलबार राति सदासँग सामान्य विवादसँगै खानपिन गरेर चौधरी सुतेका थिए ।
बिहान ५ बजे सबैरै चौधरी नउठ्दा परिवारले हेर्दा हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।
परिवारले खबर गरेलगत्तै खटिएको प्रहरीले हत्यामा प्रयोग भएको खुकुरीसहित सदालाई नियन्त्रणमा सलएको उदयपुर प्रहरीका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
आफ्नै घरमा काम गर्न बसेका कामदारले बुधबार बिहान ५ः१५ बजेतिर गर्धनमा पटक–पटक खुकुरी प्रहार गर्दा वृद्ध उमेरका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी गौतमले बताए ।
खुकुरी प्रहार हुन थालेपछि प्रतिकार गर्दा र छेक्न खोज्दा चौधरीको हातको औँला पनि काटिएको गौतमको भनाइ छ ।