दार्चुलामा यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल भारत जोड्ने झोलुंगे पूलबाट पिथौरागढको धारचुला ग्राम पाङ्गलाका २३ वर्षीय गणेशसिह विष्ट ९० ग्राम यार्सागुम्बासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ।
कार्यालयका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दका अनुसार महाकाली नगरपालिका–४ स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गस्ती गर्ने क्रममा बिष्टलाई यार्सागुम्बा सहित पक्राउ गरेको हो ।
बरामद यार्सागुम्बा र विष्टलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । विष्टमाथि अनुसन्धान सुरु भएको डिभिजन वन कार्यालयले जनाएको छ ।