आज हरिशयनी एकादशीको पुण्य तिथि बाट बाबा गोरक्ष पात्र देवता यात्रा सुरु भएको छ ।
आज मृगस्थली मा रहेको गुरु गोरखनाथ आश्रम बाट पात्र यात्रा सुरु भएको हो ।
आज मृगस्थलीबाट गोरक्ष पात्र लाई एक महिना सम्म वसन्तपुर दरबारमा रहेको पिर पाटी मा राखिने परम्परा रहिआएको छ । पिर पाटीमा रहेका गोरक्ष पात्र लाई जनै पूर्णिमा को दिन पुग्ने गरी धार्मिक पोखरी गोसाईंकुण्ड लगिने छ ।
पात्र लाई गोसाईंकुण्ड लगिदा पहिलो रात धुन्चे त्यसपछि चन्दनबारी र अन्त्यमा गोसाईंकुण्ड को स्नान एवम् दर्शन गराइ सोही मार्ग काठमाडौँ ल्याइने र पिर पाटीमा राखिने छ ।
काठमाडौँ ल्याइसकेपछि गोरक्ष पात्र लाई माता दक्षिणकालीको दर्शन गराइ पिर पाटी मै राखी झम्केस्वरी रथयात्राको दिन विधिपूर्वक गुरु गोरखनाथको मन्दिरमा पात्र लाई विराजमान गराइसकेपछि विधिबद्ध रूपमा गोरक्ष पात्र देवता यात्रा समापन हुने परम्परा रहिआएको छ ।
प्राचीन कालमा समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष सेवन पछि छटपटाएका महादेव गोसाइँकुण्डमा गाईको शरणमा पुगे पछि शीतलता प्राप्त गर्नु गरेको र गौरक्षा , योग आयुर्वेद, तन्त्र साधना र वास्तुकलाको ज्ञान बाँड्न गोरक्षनाथको रूपमा अवतार लिएको विश्वास गरिन्छ । त्यही सम्झनामा अहिले पनि निरन्तर त्यो यात्रा जारी छ ।
सताब्दियौ देखि चलिआएको यो परम्परा राजा सहभागी हुने चलन रहेता पनि हाल त्यो चलन हटेको छ ।
हेरौं तस्विरहरू