विराटनगरमा मोटरसाइकलमा बसेकै अवस्थामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने रहेका छन् ।
सोमबार राति करिब ८:३० बजेतिर को४प २३१६ नम्बरको हिरो होन्डाको स्प्लेन्डर मोटरसाइकलमा मृत अवस्थामा भेटिएका हुन् ।
विराटनगर–५ स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयअगाडि उनी मोटरसाइकलमा बसेकै अवस्थामा मृत फेला परेका हुन् ।
स्थानीयले पानी परेका बेला मोटरसाइकलमै सुतेको देखेपनि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको सूचनापछि घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएर अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उक्त विषयमा थप अनुसन्धान भइरहेको छ ।