५ केजी ७०० ग्राम अफिमसिहत मकवानपुरबाट एक पुरुष पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं बाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उप-महानगरपालिका वडा न-२ संगमचोकमा सडकमा हिँडिरहेको व्यक्तिले बोकेको झोलामा दुईवटा पोका बनाएर लागूऔषध अफिम बोकेको अवस्थामा पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्ने व्यक्ति मकवानपुरको बकैया गाउँपालिका ५ का ४४ वर्षिया रत्न भुलन रहेको लागू औषध नियन्त्रण व्यूरोका प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले केटिएम दैनिकलाई बताए ।
पक्राउ परेका भुलनलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अघि बढाईएको व्यूरोले जनाएको छ ।