नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई गठबन्धनका सबै घटक तथा समूहको साथ यथावत् रहेको बताएकी छन्। संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले यस्तो बताएकी हुन्।
देउवा नेतृत्वको सरकारलाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितको समर्थन रहेको उनको भनाइ छ। ‘संविधानको रक्षाको लागि गठबन्धन गरी संसदीय मूल्य मान्यताका लागि हिजो जुन साथ थियो, त्यो आज पनि यथावत् रहेको जानकारी गराउन चाहन्छु,’ बैठकपछि उनले भनिन्।
बैठकले संविधानको रक्षाको लागि विघटनको निर्णय बदर गर्ने निर्णयलाई पुनः स्वागतसमेत गरेको उनको भनाइ छ। यस्तै प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत दिन ह्विप जारी गरेको पनि उनको भनाइ छ।
शेरबहादुर देउवाले आइतबार नै विश्वासको मत लिँदैछन्। देउवालाई कांग्रेसका ६१, माओवादीका ४८ र एक जना स्वतन्त्र सांसद