कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण बढ्दै गएपछि क्वाड सदस्य मुलुहरुले खोप उत्पादन र आपस्र्तिमा जोड दिन थालेका छन् ।
भारतमा कोरोनाको दोस्रो लहरको संक्रमण बढेपछि भारतले खोप आपूर्तिमा रोक लगाएपछि विश्वका विभिन्न मुलुकहरुमा खोप अभाव हुन थालेको हो ।
खोप अभाव हुन नदिनका लागि क्वाड मुलुकहरु अमेरिका, जापान, अस्ट्रेलिया र भारतले सन् २०२१ को अन्त्यसम्मा खोपलाई वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मार्च १२ मा भएको क्वाड मुलुकमा प्रमुखहरुको पहिलो शिखर सम्मेलनमा कोरोनाविरुद्धको खोपको उत्पादनलाई वृद्धि गर्ने सहमति जनाएका थिए ।
जसमा अमेरिकी खोप भारतमा उत्पादन गरिने र त्यसका लागि जापानले आर्थिक र अस्ट्रेलियाले लोजिस्टिक सपोर्ट गर्ने सहमतिसमेत भएको थियो ।
उक्त खोपहरु इन्डो प्यासिफिक राष्ट्रहरुमा वितरण गरिनेसमेत बताइएको थियो । सन् २०२२ को अन्तिम सम्ममा करिब एक बिलियन डोज खोप उत्पादन गर्ने र बिक्रि गर्ने बताइएको थियो ।
गत डेढ महिनाअघि भारतमा बढेको दोस्रो लहरको संक्रमणले भारतको स्वास्थ्य प्रणालीलाई नै प्रभावित गरेको थियो । दास्रो लहरको संक्रमणले भारतको स्वास्थ्य प्रणालीलाई नै असर पारेको छ भने विश्वव्यापी खोप आपूर्ति श्रृंखला नै भत्किएको छ ।
क्वाड मुलुकहरुले वर्षको अन्तिममा खोपको आवश्यकताहरुलाई पूर्ति गर्दै जाने बताएका छन् । वास्तवमा कोरोनोको दोस्रो लहर निकै तीव्र गतिमा फैलिएका कारण खोप आपूर्तिको आवश्यकता बढेको हो । तर, आपूर्ति श्रृंखला अवरुद्ध हुँदा संक्रमण तीव्र बनेको हो ।
स्रोतका अनुसार आगामी साता इटालीमा हुने क्वाड देशका विदेश मन्त्रीहरुको छलफलका क्रममा खोप आपूर्तिलाई प्रभावकारी बनाउने भन्ने निष्कर्ष निकालिने अपेक्षा गरिएको छ । उक्त बैठकमा भारतका विदेश मन्त्री एस जयशंकर, अमेरिकी विदेश मंत्री एन्टोनी ब्लीन्केन, अष्ट्रेलियाका विदेश मन्त्री मारिस पेन र जापानका परराष्ट्र मन्त्री तोशिमित्सु मोटेगीले भाग लिनेछन् ।