नेकपा एमालेको माधव नेपाल समुहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
आफ्नै कारणले संसद पुनस्थापना भएको तर्क अघि सार्दै उक्त समुहले विश्वासको मत दिएर सरकार जोगाउनु पनि आफ्नै दायित्व भनेको छ ।
सो समुहले पार्टीमा सहमति हुने भनेर कहिले बैठक रोक्न माग गर्ने त कहिले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एकताको रटान छोडेको छैन ।
तर यी सबै अलमलहरु आज देउवालाई विश्वासको मत दिनकै लागि भएको नेताहरुले बताएका छन् ।