प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् ।
देउवाले विश्वासको मत लिनका लागि संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानले प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको जानकारी गराएका छन् ।
देउवाले आजै बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिने न्यौपानेले बताए ।
सर्वोच्चको परमादेशपछि देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
देउवाले प्रधानमन्त्री नियुक्त भएको एक हप्ताभित्र विश्वासको मत लिन लागेका हुन् ।