कोरोना सङ्क्रमण भएपछि पोस्ट कोभिडका कारणले जेठ १८ गते ज्यान गुमाएका विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा वैकल्पिक राजनीतिका अभियन्ता उज्ज्वल थापाको उपचारको लागि उठेको रकमको खर्च विवरण सार्वजनिक गरिएको छ ।
देश विदेशमा रहेका नेपालीहरूले थापाको उपचारको लागि सहयोग गरेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले थापाको उपचारको सम्पूर्ण खर्च आफूले व्योहोर्ने बताए पनि पछि परिवारले प्रसाईँको सहयोग नलिने घोषणा गरेको थियो ।
नेपाल र विश्वभर छरिएर रहेका २ हजार ८ सय भन्दा बढी व्यक्तिहरूले थापाको उपचारको लागि आर्थिक सहयोग गरेका थिए ।
गोफन्डमी बाट ३० लाख ४३ हजार ४२२, नेपालभित्र खल्ति, ई सेवा र कुमारी बैङ्क लिमिटेडबाट ३७ लाख ४० हजार ६२ गरी जम्मा ६७ लाख ८३ हजार ४८५ रुपैयाँ सङ्कलन भएकोमा उपचार र अन्य खर्च गरी २५ लाख ३१ हजार २८३ रुपैयाँ खर्च भएको थियो ।
बाँकी रहेको ४२ लाख ५२ हजार २०१ रुपैयाँ दातालाई फिर्ता गर्न असम्भव देखिएकाले परिवार तथा शुभेच्छुकहरूको छलफलपछि विभिन्न संस्थाहरूलाई प्रदान गरिने भएको छ ।
सूचीकृत ४१ संस्थामध्येबाट सात ओटा संस्थाहरूलाई बाँकी रहेको रकम प्रदान गरिएको छ । यसरी रकम पाउने संस्थामा राष्ट्रिय आविष्कार केन्द्रलाई १५ लाख, ओडा फाउन्डेसन कालिकोटलाई १० लाख, सानो पाइला वीरगन्जलाई ६ लाख, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौँलाई ५ लाख, मधेस ह्युमन राइट्स होम, कपिलवस्तुलाई २ लाख २ हजार २०१, हार्ट बिट काठमाडौँलाई २ लाख र भोरे नेपाल सर्लाहीलाई २ लाख ५० हजार प्रदान गरिने भएको छ ।
यस्तो छ प्रतिवेदन