कञ्चनपुरमा मृत अवस्थामा फेला परेका बाबा किसन नाथको शव घटनास्थलबाट उठाइएको छ ।
शनिवार बिहान वेदकोट नगरपालिका–४ मा पर्ने शिव लिङ्गेश्वर धाममै मृत अवस्थामा फेला परेका ७५ वर्षीय नाथको शव परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले केटिएम दैनिकलाई जानकारी दिए ।
विगत ४ वर्षदेखि धाममै बस्दै आएका नाथ शनिवार बिहान सुुत्ने कोठा बाहिर ढलेको अवस्थामा मृत फेला परेका थिए ।
उनी मुुखबाट रगत बगेको र रगत वान्ता गरेको देखिएको प्रहरीले जनाएको छ ।
स्थानीयले उनको हत्या भएको आशङ्का गरे पनि प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको आशङ्कालाई बल पुग्ने प्रमाण फेला नपरेको प्रवक्ता न्यौपानेको भनाइ छ ।
यद्यपि शव परीक्षणबाट थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।