संसद् सचिवालयका तीन जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार आठ सय एक जनामा गरिएको परीक्षणमा तीन कर्मचारीको रिपोर्ट पोजिटिभ आएको हो ।
आइतबारदेखि शुरु हुने संघीय संसद्को अधिवेशनअघि सभामुख, सांसदहरु, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय कर्मचारी, मर्यादापालक र पत्रकारको कोरोना परीक्षण गरिएको थियो ।
परीक्षण गरिएकामध्ये तीन जनामा पोजेटिभ देखिएको र सात सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ ।