नेकपा एमालेका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुन लागेको बताएका छन।
एमालेमा एकताको सहमति गरिरकेको माधव समूह देउवा नेतृत्वको सरकारमा ६ मन्त्रालय लिएर सहभागी हुन लागेको बाँस्कोटाको दाबी छ।
उनले माधव नेपाल समूहलाई भाई काँग्रेसको संज्ञा समेत दिएका छन् ।
सरकारमा ९ मन्त्रालय कांग्रेसलाई, ६ मन्त्रालय नेपाल समूहलाई, ५ मन्त्रालय माओवादी केन्द्र र जसपालाई ५ मन्त्रालयको भागबण्डा भएको बाँस्कोटाले बताएका छन।
उनले लेखेका छन्, ‘ट्वीटर ह्याण्डीलको नौटंकीपूर्ण हल्ला सकियो होला कि नाइँ ? तर, परमादेश प्रमको गठबन्धन ह्यण्डील चै कांग्रेस ९, प्रमुख भाइ कांग्रेस ६, कम्फरटेवल कम्युनिष्ट ५, जसपा बाह्र भाइ ५, हुने सम्झौता भयो भन्ने छ। परमादेश सरकारको पूर्णता नभै एमाले विवादको अन्तिम पटाक्षेप नहुने। बल देऊ भीमसेन एकता।’
ट्वीटर ह्याण्डीलको नौटंकीपुर्ण हल्ला सकियो होला कि नाइं ? तर परमादेश प्रमको गठबन्धन ह्यण्डील चै कांग्रेस ९+प्रमुख भाई कांग्रेस ६+कम्फरटेवल कम्युनिष्ट ५+जसपा बाह्र भाई ५ हुने सम्झौता भयो भन्ने छ।परमादेश सरकारको पुर्णता नभै एमाले बिवादको अन्तिम पटाक्षेप नहुने।बल देऊ भिमसेन -एकता!!
— Gokul Prasad Baskota (@GokulPBaskota) July 17, 2021
सर्वोच्च अदालतको निर्णयबाट सरकारमा पुगेका नेपाली काँग्रेसले सपथ लिएको मितिदेखि ३० दिनभित्रमा संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ । संसदमा विश्वासको मत लिन नसकेको अवस्थामा त्यही सरकारले ६ महिनाभित्रमा चुनाव गराउनुपर्ने हुन्छ । चुनाव गराउनको राज्यमन्त्रीसहित २५ जनाको मन्त्रिपरिषद् गठन गर्ने पाइने व्यवस्था संविधानमा उल्लेख छ ।