पानी पिउँदा सर्किएर आज शनिबार बिहान एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम ४ निवासी चन्द्र कुमार तुम्बापो रहेका छन् ।
पानी सर्किदा नेपाल कम्युनिष्ट पार्टि एमाले फिदिम नगर कमिटिका सदस्य चन्द्रकुमार तुम्बापोको निधन भएको हो ।
असार ३१ गते झापामा एक युवकको पनि पार्नी सर्किएर निधन भएको थियो । बिहीबार बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा पानी सर्कीएर बेहोस भएका थिए । उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा सोही दिन पौने ९ बजे मृत्यु भएको हो ।