पछिल्ला दिनहरुमा कोरोना भाइरसको सङ्क्रमणबाट हुने मृत्युदर बढन थालेको छ । हिजो बिहीबार ३३ जनाले ज्यान गुमाउँदा आज ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशभर १४ हजार १८२ जनाको नमूना परीक्षण गर्दा २ हजार ९३६ जनामा सङ्क्रमण पाइएको बताएको छ ।
आज विभिन्न जिल्लामा ९ हजार ६१३ जनाको पिसिआर परीक्षणबाट २ हजार ६ जना र ४ हजार ६६९ एण्टिजेन परीक्षणबाट ९३० जनामा सङ्क्रमण पाइएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
आज देशमर १ हजार ७७५ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या ६ लालख २८ हजार २४३ पुगेको छ ।
ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ५०६ पुगेको छ ।