काठमाडौंमा असार २९ गतेदेखि संचालन भएको भेरोसेल खोपको मौजुदा सकिएको भन्दै स्थगित गरिएको छ ।
साउन २ गतेसम्म खोप अभियान संचालन गर्ने भनिएतापनि काठमाडौंमा हाल कायम रहेको भेरोसेल लखोपको मौज्दात सकिएको भन्दै स्वास्थ्य निर्देशनालय बागमती प्रदेश खोप रोकिएको जनाएको छ ।
प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले आज एक सूचना जारी गर्दै अब अर्को सूचना नभएसम्मको लागि भोलिसम्म काम गएको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम आजबाट नै स्थगन गरिएको जनाएका छन् ।
यो खोप काठमाडौं जिल्लामा मात्र स्थगित गरिएको हो । त्यसबाहेकका अन्य जिल्लाको हकमा भने स्वास्थ्य निर्देशनालयले केही बोलेको छैन ।