एक किलो गाँजा बोकेर भारत जाँदै गरेका एक वृद्ध मोरङबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटा साँघुरीगढी–१० का ६४ वर्षीय पूर्णबहादुर राई रहेका छन् ।
एक केजी गाँजासहित उनलाई सशस्त्र प्रहरी बल, बिओपी रानीको टोलीले मोरङको जहदाबाट पक्राउ गरेको हो ।
शुक्रबार बिहान ८ बजे पैदल हिँडिरहेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट गाँजा फेला परेको हो ।
धनकुटाबाट गाँजा लिएर उनी भारततर्फ हिँडेको अनुसन्धानबाट खुलेको बिओपी रानीका प्रहरी निरीक्षक मौसम पोखरेलले जानकारी दिए ।
उनीविरुद्ध थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रानीमा बुझाउने प्रक्रिया सुरु गरिएको उनले जनाएका छन् ।