प्रधानमन्त्री शेर बहादुर देउवासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेकी छिन् ।
शुक्रबार अपरान्ह भएको भेटवार्तामा नेपाल र चीनबीचको सम्वन्धका धेरै पाटाहरुमा छलफल भएको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै बताएको छ ।
भेटवार्ताको क्रममा राजदूत यान्छीले चिन सरकारले नेपाललाई थप १६ लाख खोप अनुदानमा उपलव्ध गराउने बताएकी छिन् । उनले चीन सरकारले नेपाललाई थप १६ लाख भेरोसेल खोप अनुदानमा उपलव्ध गराउने निर्णय गरेको सुनाएकी हुन् ।
उक्त खोप कहिलेसम्म आइपुग्छ भन्नेबारेमा केही बताइएको छ ।
यसअगाडि पनि चिन सरकारले नेपाललाई १८ लाख खोप अनुदानमा पलव्ध गराएको थियो भने ४० लाख डोज खोप नेपालले त्यहाँबाट जिटूजी प्रकियामार्फत किनिसकेको छ ।
त्यसको केही मात्रामा नेपाल आइसकेको छ भने केही मात्रा ल्याउने क्रममा छ । प्रधानमन्त्री देउवाले चिनले नेपालाई खोप दिएकोमा धन्यवाद दिँदै आगामी दिनहरुमा पनि थप सहयोग हुने विश्वास राखेको बताएका छन् ।