बुटवल । रूपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर-विजोर प्रणाली हटाइएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निशेधाज्ञा थप खुकुलो पार्दै जोर-विजोर प्रणाली हटाउने निर्णय गरेको हो। बैठकले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले निशेधाज्ञालाई थप खुकुलो पार्दै कोरोना परीक्षणको दायारा बढाउने र स्वास्थ्यका मापदण्ड पालनामा कडाई गर्ने निर्णय गरेको जानकारी दिए। साउन १५ गतेसम्मका लागि निशेधाज्ञा थप गरेको छ।
ठूला-ठूला मेला, मेला तथा भीडभाड हुनेखालका कार्यक्रमहरूमा भने अझै पनि रोक लगाइएको छ। विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जना भन्दा धेरै राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको छ।