झापा जिल्लामा बैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञा साउन ७ गतेसम्म थपिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना ले आज एक सूचना जारी गर्दै असार ३१ गतेसम्म जारी भएको निषेधाज्ञा थप ७ दिनको लागि थपिएको जनाएका छन् ।
थप गरिएको निषेधाज्ञामा निजी तथा सार्वजनिक सवारीसाधनहरु जोर बिजोर प्रणालीमा झापा जिल्लाभर सञ्चालन गर्न पाइनेछ भने लामो दुरीका सवारीसाधनको हकमा मोरङ, सुनसरी, ईलाम, पाँचथर र तााप्लेजुङ जिल्लासम्म सञ्चालन गर्न पाइनेछ ।
अन्य जिल्लाहरुको हकमा भने नेपाल सरकारबाट भएको निर्णयबमोजिम हुनेछ । औषधि पसल, स्वास्थ्य सामाग्री र इन्धन बाहेक अन्य पसल तथा व्यवसाय बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । होटल तथा रेष्टुराँहरु बेलुका ५ बजेसम्म र त्यसपछि टेक अवे सेवा मात्र सञ्चालन गर्न पाइनेछ ।
काँकडभिट्टा नाका बाहेक अन्य नाकाबाट नेपाल प्रवेश गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।
यस्तो छ सूचना