असार २६ गतेयता देशका विभिन्न जिल्लामा लागू औषध तथा खैरो हेरोइन सहित मानिसहरु पक्राउ परेका छन् ।
लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंले आज प्रेस विज्ञप्ती जारी गर्दै काठमाडौं, पोखरा र सुनसरीमा ठूलो मात्रामा लागूऔषध पक्राउ परेको जानकारी दिएको हो ।
प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार असार २६ गते काठमाडौंको नयाँबसपार्कबाट अवैध लागू औषध खेरो हेरोइन २८ ग्रामसहित झापा शिवसताक्षी नगरपपालिका वडा नम्बर १ बस्ने २८ वर्षका बिपिन चेम्जुङ र सोही नगरपालिका वडा नम्बर ११ का २९ वर्षिय देउमान तुम्रुक पक्राउ परेका छन् । उनीहरुलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरमा राखिएको छ ।
२७ गते सुनसरीको इटहरीमा ५४.५ ग्राम खैरो हेरोइन र डिजिटल तराजु सहित ३२ दुर्गा रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर गैह्रीगाउँ बस्ने ३२ वर्षको दुर्गा रसाइलीलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।
असार २९ गते बिरगंज कलैयाबाट काठमाडौं आउँदै गरेको बसमा बेवारिसे अवस्थामा फेला परेको एउटा झोलाभित्र लागू औषध नाईट्राजेपाम १५ सय ट्याब्लेट बरामद भएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
असार ३० गते नागढुङ्गा चेकपोष्टमा बिरगंजको कलैयाबाट आएको बसमा सवार यात्रुले बोकेको लागू औषध मनोद्विपक पदार्थ नाईट्राजेपाम नाईट्राभेट ३००० ट्याब्लेट, बुप्रेनोर्फिन २०० एम्पुल, डाईजेपाम २०० एम्पुल र फेनारगन २०० एम्पुल सहित जम्मा ३००० ट्याब्लेट र ६०० एम्पुल ला.औ. बरामद गरेको छ । विरगंजबाट लागूऔषध बोकेर काठमाडौं आएका भारतीय नागरिक ललन गिरि समेत पक्राउ परेका छन् । उनले उक्त लागू औषध ललितपुर बस्ने सद्दाम राईन र मुन्ना राईनले मगाएको भनेपछि ब्यूरोले ललितपुरको मंगलबजारबाट दुबैलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
सोही दिन पोखरामा अर्जुन कुमार गुरुङलाई बुप्रेनोर्फिन ६७४ एम्पुल, डाईजेपाम ६७० एम्पुल र फेनारगन ६७० एम्पुल गरी जम्मा २०१४ एम्पुल र नगद रु पाँच लाख एक्काईस हजार दुई सय र थान १ मोबाईल सहित पक्राउ गरी गरेको छ ।