यो बगर बिनाको बगरेको सहर हो,
बगरमा त गिटि बालुवा हुनुपर्ने हो ।
त्यो सबै तस्करीले पैसा सँग भजाई सकेको छ,
सुकुम्वासी हुँ भन्दै हुकुम बासिले गगन चुम्बी महल ठड्याई सकेको छ ।
यो बगर बिनाको बगरेको सहर हो,
चोक चोक अनि गल्ली गल्लीमा बगरेका मुकुन्डो धारीहरू खडा छन् ।
यहाँ चुप्पी बोकेर तम्तयार छन्, बगर खन्न सावधान निम्छरा गिटि बालुवाहरू,
जतिखेर पनि सिकार बन्न सक्छौ ।
बगरेको पाइला पाइलामा चनाखो बनी रहु ।।।