हामी आफैँ आफ्नो डक्टर कसरी बन्न सक्छौँ । यो हामी सबैको चासो को विषय हो । मानिसहरू किन चाहन्छ र हजारौँ पैसा खर्च गरेर अरूसँग सेवा लिऊ । यदि हामी आफैले चाहने हो भने हामी हाम्रो स्वास्थ्यको डाक्टर हामी आफैँ बन्न सक्छौँ । आफ्नो जीवनयापनमा कसरी बदलाव ल्याउन सकिन्छ ?
मानिसलाई जन्मदेखि मृत्यु पर्यन्त हजारौँ रोगले सताइरहेको हुन्छ । यदि हामीले यहाँ बताइएका कुराहरूमा ध्यान दियौँ भने हामी आफ्नो डक्टर आफैँ बन्न सक्छौँ । हरेक वर्ष १ जुलाईमा ‘नेसनल डाक्टर दिवस’ मनाउने गरिन्छ ।
यस दिन हरेक मानिसहरूलाई आफू स्वास्थ्य रहन र आफ्नो डक्टर आफै बन्न अभिप्रेरित गरिन्छ । आउनुस् जानिराखौँ ।कसरी आफ्नो डक्टर आफैँ बन्न सकिन्छ त । यहाँ बताइएका कुराहरू अपनाउनुस् । तपाईँ सजिलैसँग आफ्नो शरीरको डक्टर आफैँ बन्न सक्नु हुनेछ ।
बिहान चाडै उठ्नुस्
बिहान चाडै उठ्ने गरेमा हाम्रो दिन फ्रेस रूपमा बित्ने गर्दछ । त्यसैले बिहान चाडै उठ्ने गर्नुस् । बिहान चाडै उठ्ने गरेमा पाचन तन्त्र सही रहन्छ । बिहान चाडै उठ्नाले मानसिक रूपमा पनि राम्रो हुने हुन्छ । बिहान चाडै उठ्नाले तपाईँमा पर्याप्त समय हुने गर्छ र तपाईँले चाहे अनुसारको काम गर्न सक्नु हुन्छ ।
मनतातो पानी पिउनुस्
हरेक दिन बिहान उठ्ने बित्तिकै मनतातो पानी पिउने गर्नुपर्दछ । यसले मोटोपनबाट शरीर लाही सही सन्तुलनमा राख्ने गर्दछ । बिहान पानी पिउनाले घाटीमा तथा किड्नीमा देखिने समस्याबाट छुटकारा पाइन्छ । मनतातो पानीमा कागती मिसाएर पिउनाले मोटोपन पेट सफा राख्न मद्दत गर्दछ ।
एक्सरसाइज गर्ने
बिहान उठेर मनतातो पानी पिए पछि । योग तथा एक्सरसाइज गर्न अत्यन्तै जरुरी हुन्छ । यसले गर्दा तपाईँलाई दिनभर ताजा अनुभव हुने गर्दछ । दिनको सुरुवात सकारात्मक तरिकाबाट बित्ने गर्दछ । यसका कारण तपाईँ तौललाई सही ठाउँमा ल्याउन मद्दत गर्दछ । तपाईँ रोग देखि टाढा हुनुहुने छ ।
टुसादार गेडागुडीहरू खाने
बिहान नास्तामा गर्नु शरीरको लागि अत्यन्तै जरुरी हुन्छ । आफ्नो नास्तामा टुसादार गेडागुडी खाने गर्नुस् । यसले गर्दा तपाईँको शरीर लाही निकै फाइदा पुराउँछ । तपाईँमा यसले गर्दा एन्टिबायोटिक, भिटामिन A, B, C, र E ठिक्क मात्रा अनुसार हुने गर्दछ । तपाईँको शरीरमा फाइवर धेरै मात्रामा हुने गर्दछ । यसले गर्दा पाचन प्रणाली चुस्त दुरुस्त हुने गर्दछ ।
जङ फुडदेखि टाढा रहने
जतिसम्म सक्नु हुन्छ बाहिरका खानेकुरा खाने नगर्नुस् । बाहिरी खानाहरूमा धेरै मात्रामा क्यालोरी हुने गर्दछ । यसले गर्दा तपाईँमा धेरै रोगको समस्या देखिन्छ । बाहिरका खानेकुराहरूमा सङ्क्रमण पनि हुन् सक्छ । यस भन्दा बाहेक कव्ज, पेट दुख्ने जस्ता समस्याहरू तपाईँमा धेरै देखिने गर्दछ । यसले गर्दा घरमै बनाएका खानेकुराहरू खाने गर्नुस्।
धेरै मात्रामा पानी पिउने
शरीर लाही स्वस्थ राख्नका लागि निकै मात्रामा पानीको आवश्यकता पर्ने गर्दछ । गर्मी समयमा कम पानी पिउनाले धेरै समस्याहरू देखा पर्ने गर्छन् । त्यसैले ज्यादा पानी पिउने गर्नुस् । यसले गर्दा ब्लड सर्कुलेशन राम्रो भएर जान्छ ।अक्सिजन तथा ग्याष्टिक हराएर जान्छ । यसले गर्दा हामी स्वस्थ रहन सक्दछौँ ।
धेरै गुलियो तथा नुनिलो वस्तुबाट टाढा रहने
स्वास्थ्य जीवन जिउनका लागि हामीले धेरै गुलियो र नुनिलो बाट टाढा रहने गर्नु पर्दछ । धेरै गुलियो र नुनिलो शरीरका लागि ज्यादै हानिकारक हुन्छ । धेरै गुलियोले डायबिटिज तथा धेरै नुनिलोले ब्लड प्रेसर हुने गर्दछ ।
धूम्रपान सेवनबाट टाढा रहने
चुरोट तथा सराब बाट टाढा रहने गर्नुस् । किनकि यसले हाम्रो शरीरमा निकै नराम्रो असरहरू पैदा गरिरहेका हुन्छन् । रक्सी जन्य पदार्थको सेवनले शरीरमा कमजोरी पनि महसुस हुन्छ । यसले गर्दा हामी चाडै बिरामी हुने गर्छौँ । यी वस्तुहरू सधैँ टाढा बस्ने गर्नुस् ।
खुसी रहनु प्रयास गर्नुस्
दिनको सुरुवात खुसीबाट हाँसोबाट गर्ने गर्नुस् । यसले तपाईँका भएको तनाव तथा चिन्ताहरू बाट टाढा राख्न निकै सहयोग गर्दछ । बाच्नका लागि खुसी रहन अत्यन्तै जरुरी पनि देखिन्छ ।
पर्याप्त मात्रामा निदाउने
हेल्दी लाइफस्टाइलका लागि पर्याप्त मात्रामा सुत्न जरुरी हुन्छ । कम मात्रामा सुत्नाले ब्लड पेसर तथा हाई कोलिस्टर तथा डिप्रेसन जस्ता समस्याहरू देखा पर्न सक्छन् । पर्याप्त मात्रामा सुत्नाले दिनको सुरुवात राम्रोसँग हुने तथा फ्रेस हुने गर्दछ ।