बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ । प्रहरीले दिएको जानकारी अनुसार घाँस काट्न जाने क्रममा लडेर मुत्यु भएको अवस्थामा आज उनको शव फेला परेको छ ।
कँडेल बुधबार दिउँसो १२ बजे पचुवाकै कुभिन्डो भन्ने ठाउँमा घाँस काट्न भनेर गएको र बेलुकासम्म नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।
खोजतलासका क्रममा उनको शव मृतावस्थामा फेला परेको र घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पठाइएको छ ।