पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ।
आइतबार स्थिर रहेर दोस्रो दिन घटी तेस्रो र चौथो दिन बढेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको छ।
जससँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ९३ हजार २ सय कायम भएको छ।
यस अगाडी छापावाला सुन आइतबार ९२ हजार ४ सय, सोमबार ९२ हजार २ सय, मंगलबार ९२ हजार ४ सय र बुधबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले नै बढेको छ। आज तेजाबी सुन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ।
यस अगाडी तेजाबी सुन आइतबार ९१ हजार ९ सय, सोमबार ९१ हजार ७ सय, मंगलबार ९१ हजार ९ सय र बुधबार ९२ हजार २ सय रुपैंयाँमा कारोबार भएको थियो।