प्रेम गीत , मधुमास, म यस्तो गीत गाउँछु, राम कहानी लगायत दर्जन हाराहारी चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेकी नायिका पुजा शर्मा २७ वर्षकी भइन् ।
नायिका पुजा शर्मा नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् ।
सिन्धुपाल्चोकमा जन्मिएकी पुजा ‘थ्री लबर’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । धेरै चलचित्रमा अभिनय गरेपनि फिल्म ‘प्रेम गीत’ उनको सफल चलचित्र हो ।
चलचित्र ‘पोइ पर्यो काले’ उनले २० लाख रुपैयाँमा अनुबन्धित भएर सर्वाधिक मंहगी नायिकाको सुचीमा परेकी थिइन् ।
उक्त फिल्ममा नायक आकाश श्रेष्ठ भने १८ लाखमा अनुबन्धित भएका थिए ।
पुजा लकडाउनमा फुर्सदमा घरमा बसेकी छिन् ।
सामाजिक सञ्जालमा सक्रिय उनले दिनहु आकर्षक तस्वीर सार्वजनिक गर्दे आएकी छिन् ।
धेरै फिल्ममा संगै खेलेका पुजा र आकासलाई जोडीका रुपमा दर्शकले निकै मन पराएका छन् ।
उनीहरुको नाम जोडेर फ्यान क्लवहरु बनाइएका छन् । फेसवुक पेजमा उनीहरुको नाम जोडेर फ्यान पेज बनाईएको छ ।
कतिपयले उनीहरु प्रेममा रहेको पनि चर्चा गर्ने गरेका छन् । यद्धपी पुजा र आकासले प्रेमका बारेमा भने खुलेर केही बताएका छैनन् । तर दुवै जनाले निकै मिल्ने साथी र एकअर्काको सहयोगी पनि भएको स्वीकार गरेका छन् ।