सर्वोच्च अदालतको फैसलाको स्वागत र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा नेपाल विद्यार्थी सङ्घ क्षेत्र नम्बर – ५ कैलालीले धनगढीमा दीप प्रज्वलन गरिएको छ ।
धनगढीस्थित पार्क मोडमा नेपालको नक्सामा दीप प्रज्वलन गरेर नेविसंघले नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा र सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको हो ।
दीप प्रज्वलन गर्दै नेविसंघले नेपाली काँग्रेस जिन्दाबाद, नेपालको संविधान जिन्दाबाद, सर्वोच्च अदालत जिन्दाबाद, शेरबहादुर देउवा जिन्दाबाद जस्ता नारा लगाएका थिए ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख शुशीला मिश्र भट्टले देशलाई अँध्यारो तर्फ जान नदिन सर्वोच्चले गरेको फैसला स्वागत योग्य भएको बताइन् ।
सर्वोच्चको फैसलाले नेपालीको भविष्य र नेपालको संविधानको रक्षा गरेको उनले बताइन् । ‘यो नेपाली जनताको जित हो’ उप–प्रमुख भट्टले भनिन्, ‘यो फैसला पछि संविधानलाई कमजोर बनाउने आँट कसैलाई पनि हुने छैन ।’