विराटनगर, ३० असार । प्रदेश १ मा आज ४३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३-३, भोजपुरमा २, ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभामा १-१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको दमकमा ६४, भद्रपुरमा २७, बिर्तामोडमा २५, मेचीनगरमा १५, शिवसताक्षीमा ११, अर्जुनधारामा ६, कनकाईमा ५, हल्दिबारीमा ३, बुद्धशान्ति, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका २-२, झापा गाउँपालिकामा १, सुनसरीको धरानमा ८०, इटहरीमा ४४, बराहक्षेत्र र स्थानीय तह नखुलेका ६-६, भोक्राहानरसिंह, रामधुनी र इनरुवामा १-१, मोरङको विराटनगरमा ३५, बेलबारीमा २५, पथरीशनिश्चरेमा २२, लेटाङमा १२, सुन्दरहरैचामा ४, उर्लाबारी, कानेपोखरी र स्थानीय तह नखुलेका २-२, ग्रामथान र केराबारीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिबासमा १, इलामको इलाम नगरपालिकामा २, सूर्योदय, चुलाचुली र माईमा १-१, पाँचथरको फिदिममा २, फाकफोकथुममा १, उदयपुरको त्रियुगामा २ र चौदण्डीगढीमा १, भोजपुरको भोजपुर नगरपालिकामा २, ताप्लेजुङमा १, तेर्हथुमको आठराईमा १ र सङ्खुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७६ हजार ६२८ पुगेको छ । सङ्क्रमित भएका मध्ये ६९ हजार ६३४ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५५९० रहेको छ ।
आज ३४२ जना सङ्क्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज १ हजार २८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२० महिला र २१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।