लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा(एमाले)का नेता शंकर पोखरेलले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको सट्टा गृह रोज्नु चुनाव लक्षित् रणनीतिको संकेत भएको दावी गरेका छन् ।
‘नवनियुक्त प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोडदिनुको अन्तर्य अव चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो,’ पोखरेलले सामाजिक संजालमा लेखेका हुन्।