कैलालीमा दुर्लभ पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन् । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को टोलीले पाटेबाघको छालासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका अन्दाजी ५५ वर्षीय पूर्णबहादुर बुढामगर र लम्कीचुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले केटिएम दैनिकलाई बताए ।
करिब १० मिटर लम्बाइको पाटेबाघको छाला बिक्री गर्दै हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको आरआइटीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अहिले उनीहरुलाई छालासहित आरआईटीले इलाका प्रहरी कार्यालय चौमालाको जिम्मा लगाएको छ ।